काठमाडौं, १० असोज ।गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ । सोमबार (आज) चुमनुब्री गाउँपालिका–१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिनुभयो । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उहाँले बताउनुभयो । पर्यटन विभागले…