जाजरकोट,१२भदौ। अत्यधिक वर्षापछि जाजरकोटको नलगाड नगरपालिका- ४ माँझगाउँमा आएको बाढीपहिरोले मकै खेती नष्ट पारेको छ।फुलचाउँली मायाडाडाँबाट भलपानी गाउँ पसेर नाउला खोलामा पहिरो गएको हो। पहिरोले स्थानीय केशबवहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल, लोकेन्द्र रावल र धनबहादुर रावलको जग्गामा लगाएको मकैबाली नष्ट पारेको वडा अध्यक्ष बद्री पन्तले बताए।पहिरोले केशब रावलको चर्पि, चल्लाखोर, किबी, अलैंची, कागती, सुन्तला…