काठमाण्डौ, १२ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएको नागरिकता विधेयक राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । यसअघि प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको विधेयक राष्ट्रिय सभाले भने दफावार छलफलका लागि समितिमा पठाएको हो । आज आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत…