काठमाण्डौ, ०९ भाद्र । काठमाण्डौ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएको छ । आज बिहीवार दिउँसो महानगरको दलबलसहित अल्फा बिटा कम्प्लेक्स पुगेर अवैध संरचना डोजर चलाएको हो । यसअघि आज बिहान अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियो । अल्फा बिटाले सडकपेटीमै पार्किङ गराइरहेको…