२५ साउनभारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएका जनता दल युनाइटेडका नेता नितिश कुमारले सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेस गर्नुभएको छ ।आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित १ सय ६४ जना विधायक रहेका भन्दै उहाँले राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार…