काठमाण्डौ २२ साउन - वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला पाहुना टोली भारतले जितेको छ । गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला जितेको हो ।भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९ ओभर १ बलमा १ सय ३२ रनमा अलआउट भयो…