सुर्खेत, १५ भाद्र । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको ज्यान गएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । “स्थानीयसँग सोधपुछ गर्दा…