सागर भण्डारी,१७ साउन गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ६ की देउकला वि.क सबेरै ५ बजे बारीमा पुग्नुपर्छ । घरको धन्दा भन्दा पनि उनलाई बारीको मकै जोगाउने पिरलो छ । “बिहानै बारीमा निस्किन्छु देउकलाले भनिन् बेलुकी अवेरसम्म नबसे बाँदरले मकै सखाप पारिदिन्छ, के गर्ने हाम्रो त बर्षभरी खानेखेती हो ।” सोही ठाउँकै कुमारी भर्तालले…