कास्की, १४ भदौ ः पोखरा घुमेर फर्किने आन्तरिक पर्यटकले कोशेलीका रुपमा टुसा लैजान थालेका छन् । कास्कीका उच्च पहाडि भू–भागमा पाइने टुसा विशेषत ः असार, साउन र भदौमा पलाउने भएपनि बजारमा साउनको समयमा यसको उल्लेख्यरुपमा व्यापार हुने गरेको छ ।विभिन्न औषधीय गुणसमेत पाइने टुसाको तरकारी विशेष रोजाइमा पर्ने गर्दछ । अन्नपूर्ण आधार शिविर र मर्दि…