काठमाण्डौ १८ साउन – कोशी नदीको भंगालो फुटेर उदयपुरको बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।यो भंगालोलाई यसअघि नै रोक्ने प्रयास गरे पनि सम्भव नभएको र आज बिहान भंगालो फुटेर बस्तीमा पस्न थालेको प्राधिकरणका प्रवक्ता डा। डिजेन भट्टराईले जानकारी दिनुभयो…