तुलसीपुर, असार २० ।जिल्लाका दुई पालिकाले फोहोर व्यवस्थापनमा नयाँ अभ्यासको सुरु गरेका छन् । घोराही उपमहानगरपालिकाले सड्ने फोहोरबाट बायो ग्यास र जैविक मल उत्पादन सुरु गरेको छ भने तुलसीपुर उपमहानगरपालिकाले जैविक मल उत्पादनका लागि परीक्षणमा छ ।पालिकाहरुका लागि फोहोर व्यवस्थापनमा निकै चुनौती बन्दै गइरहेको बेला जिल्लाका दश पालिकामध्ये जुम्ल्याहा उपमहानगरपालिकाले भने नयाँ अभ्यासको सुरु गरेका…