तुलसीपुर ६ असार । लामो समयदेखि विद्युत् झ्याप्प झ्याप्प जान थालेपछि उपभोक्ता मारमा परेको भन्दै स्थानीय युवाले तुलसीपुरस्थित विद्युत् प्राधिकरण कार्यालयमा ताला लगाएका छन्। स्थानीय युवाले विद्युत् प्राधिकरण कार्यालयका प्रमुखको कार्यकक्ष र मुख्य ढोकामा ताला लगाएका हुन्। कार्यालयको मूल ढोकामा ताला लगाएसँगै कर्मचारी र कार्यालय प्रमुख कार्यालयको भवनभित्रै थुनिएका थिए। केही समयदेखि विनाजानकारी पटक पटक…