असार ३१,काठमाण्डौ – प्रतिनिधि सभाको उपसभामुख छान्न आज मतदान हुँदैछ । उपसभामुख छान्नको लागि प्रतिनिधि सभामा दिउँसो ३ बजे मतदान हुन लागेको हो ।सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिनुभएको छ । संसद्को अङ्क गणित हेर्दा उपसभामुखमा कांग्रेसकी नेतृ भुसालको जित निश्चित जस्तै देखिन्छ । प्रतिनिधि…