तनहुँ, २९ जेठ । नरभक्षी चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिकामा थप एक जना घाइते हुनुभएको छ । शनिबार साँझ सो गाउँपालिकाको वडा ४ को एक बालिकालाई घाइते बनाएको थियो । आइतबार बिहान वडा १ को बाघदलेमा बस्ने वर्ष ३४ को हिमलाल गरन्जामगर आफ्नै घरको पिँढीमा सुतिरहेको अवस्थामा आक्रमण गरी चिथोरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय…