काठमाण्डौ, २१ असार । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय एक जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही हप्ता लगातार बढिरहेको सङ्क्रमण दरका कारण सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको हो ।…