लुम्बिनी २९ जेठ।संयुक्त राष्ट्रसंघको उप–महासचिव तथा यूएनडीपीको एसिया प्यासिफिक क्षेत्रीय ब्यूरो निर्देशक कान्नी विग्नराजाले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेकी छन् । एक साता लामो नेपाल भ्रमणमा आएकी उनले मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ अवलोकन गरिन् । उनले अशोक स्तम्भमा द्वीप प्रज्जवलन गरेर लुम्बिनी परिसरमा वृक्षारोपण समेत गरेकी थिइन् । उनले थाई र…