गुल्मी, जेठ १८ ।गुल्मीमा पहिलो पटक रेसुङ्गा नगरपालिकामा आवधिक योजनासम्बन्धी छलफल गरिएको छ । रेसुङ्गा नगरपालिकाको सभाहलमा यस नगरपालिकाको आवधिक योजनाको अन्तिम मस्यौदासम्बन्धी अन्तरक्रिया गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।पञ्चवर्षिय योजना निर्माण गरी यसैका आधारमा आगामी पाँच वर्षसम्म विकासात्मक र प्रशासनिक गतिविधि सञ्चालन गर्ने नगरप्रमुख पन्थीले बताउनुभयो । बिहीबारसम्म चल्ने गोष्ठीमा नगरप्रमुख पन्थीले रेसुङ्गा नगरपालिकालाई…