काठमाण्डौ, १३ जेठ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति स्तरहीन भएको बताएपछि एमाले सांसदले बैठक अवरुद्ध पारेका हुन् । हिजोको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रम गठबन्धनको अस्थिर घोषणा पत्र भएको भन्दै…