काठमाडौं, १० जेठ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण तेस्रोपल्ट सरेर असोज अन्तिमदेखि पोखरामा हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । गत चैत ३० गतेको मन्त्रिपरिषद…