काठमाण्डौ, ११ जेठ । नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजो सार्वजनिक गरेको हो । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरकै शाक्यमुनिको मूर्ति रहेको छ…