नवलपरासी १३ जेठ । कुनै समयमा समाजमा अपहेलित बनेको तराईको चमार समुदायबाट बासमती हरिजन सरावल गाउँपालिकाकी उपाध्यक्ष बन्नुभएको छ ।सरावल गाउँपालिका वडा नम्बर ४ गोबरहियाकी साधारण किसान परिवारकी बासमती स्थानीय तहको दोस्रो निर्वाचनबाट चमार समुदायबाट पहिलो उपाध्यक्ष बन्नुभएको हो । नेकपा एमालेतर्फबाट स्थानीय तह निर्वाचनमा भाग लिनुभएको थियो । राष्ट्रिय दलित आयोगका पूर्वसदस्य राजुप्रसाद हरिजनले जातीय व्यवस्थाबाट जकडिएको…