जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । विपरीत वैचारिक राजनीतिक धरातलमा उभिएका दलहरूबीच फगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लिने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने भन्दै यस्ले देश र जनाको हित नगर्ने उहाँले बताउनुभएको हो । लोकतान्त्रिक स्थीरता, सुशासन, समृद्धिनिम्ति गम्भीर…