गोरखा, २८ वैशाख । स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी बुधवार बिहान बैठकमा सहभागी हुन गएका थिए । उनले बोकेको झोलामा खुकुरी भेटेपछि नियन्त्रणमा लिइएको डीएसपी लिलाराज लामिछानेले बताए । ‘वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत…