काठमाडौं, २९ वैशाख । नेपाली काँग्रेसका चितवनका पाँच जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै काँग्रेसले पूर्व सांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित पाँच जनालाई निलम्बन गरेको हो । काँग्रेस सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गरी पूर्व सांसद भीम बहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद…