नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट निकै महँगोमा बिजुली ल्याइरहेको भन्ने हल्ला गलत भएको बताउनुभएको छ । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घिसिङलाई भारतबाट ३८ रुपैयाँ युनिटमा बिजुली किनेको आरोप लगाउनुभएको थियो । तर आज घिसिङले बाहिर चर्चा गरिएको जस्तो सधैँ प्रतियुनिट ३८ रुपैयाँमा नकिनेको र आयातको औसत मूल्य भारु…