नवलपुर, १३ वैशाख ।नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले टिकट दिएन। सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई कांग्रेसले टिकट नदिएको हो। ‘टिकट पाइएन। राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ,’ भुसालले भने। उनले दिएको राजीनामा भने स्वीकृत भइसकेको छैन। देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख…