काठमाडौ १४ बैशाख । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी तालमेल भद्रगोल भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उत्साहित हुन पुगेको छ । सुरुमा सत्ता गठबन्धनले ‘कसिलो’ तालमेलको गृहकार्य गरे पनि चुनावी मिति नजिकिदै जाँदा आपसमा हानथापले विभिन्न पालिकामा तालमेल नै छिन्नभिन्न भएको देखिन्छ । सत्तारुढ गठबन्धनभित्र बढेको भद्रगोलले…