काठमाण्डौं, ०५ वैशाख ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महानगर र उपमहानगरमा चुनावी तालमेलमा बेलुकासम्म टुंगो लगाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावी तालमेल गरेर टुंगो लगाउने बताए । ‘हामी बेलुकासम्म देशका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका गठबन्धनको बीचमा समझदारी बनाउने…