ललितपुर १३ असार। मुलुककै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम आइतबारदेखि प्रारम्भ हुँदैछ। निर्माण सम्पन्न भएको यो आयोजनाको परीक्षण उत्पादन सफल भएपछि प्रशारण लाइनमा जोड्न लागिएको हो। माथिल्लो तामाकोसीबाट उत्पादन हुने राष्ट्रिय प्रणालीमा जोड्न खिम्ति सवस्टेशनमा तार तान्ने काम भएको छ। आइतबारदेखि शनिबारसम्म एक साताका लागि खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइनबाट…