दाङ ६ जेठ । कोराना महामारीले आमनागरिकको स्वास्थ्यमा संकट पारेकाले लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रमा विशेष बजेट व्यवस्था गर्न सरोकारवालाले सुझाव दिएका छन् ।महामारीले आक्रान्त भएकाहरुलाई सान्त्वना दिने गरी कोभिडले पारेको प्रभाव र क्षतिपूर्तिका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने उनीहरुको सुझाव छ ।उद्योगी, व्यवसायी, प्रशासन लगायतका क्षेत्रका अनुभवी तथा विज्ञहरुले भर्चूअलमा कोभिड–१९ ले सर्वसाधारणदेखि…