अर्थ-वाणिज्य

जस्मिन अस्पतालले कालो बजारी गरेको पुष्टि : ३ दिनभित्र बन्द गर्न स्थानीय सरकारको निर्देशन



कपिलवस्तु २ जेठ ।अस्पतालको सेवा संचालनमा कालो बजारी गरेको पुष्टि  पुष्टि भएपछि कपिलवस्तुको एक स्थानीय सरकारले ३ दिन भित्र अस्पताल बन्द गर्न लिखित  निर्देशन दिएकोछ। कपिलवस्तुको चन्द्रौटामा रहेको जस्मिन हस्पिटलको सेवा प्रबाहलाइ बन्द गर्न निर्देशन दिइएको हो ।आइतवार शिवराज नगरपालिका चन्द्रौटाले जस्मिन हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिएको छ । हस्पिटलले विरामी सेवाग्राहीबाट बढी रकम असुली गरेको भन्ने जनगुनासो आएपछि सरोकारवाला निकायले अनुगमन गर्दा केहि कागजात नभएको भन्दै हस्पिटल बन्द गर्न निर्देशन दिएको शिवराज नगरपालिकाले जनाएको छ ।इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माको नेतृत्वमा अनुगमन टोलि हस्पिटलको आइतबार अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा एनएमसी नम्बर नभएको, मुल्य सुचि नराखेको, खरिद बिल खरिद खाता नराखेको, विक्री बिल जारी नगरेको, फार्मेसीमा फर्माष्टिस नराखेको, म्याद गुज्रिएको औषधि स्टोर नगरीएको, खरीद मुल्य र एम आरपीसग समाज्यस्य्ता नरहेको र अत्यधिक बढी मुल्यमा औषधि विक्री गरेको पाइएकाले हस्पिटल बन्द गर्न निर्देशन दिएको छ ।हस्पिटलमा तीन जना विरामी भर्ना रहेकोले तीन दिन भित्र डिस्चार्ज गरि बन्द गर्न निर्देशन दिइएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माले जानकारी दिनु भयो । साथै आजै देखि हस्पिटलको सेवा बन्द गर्न निर्देशन दिइएको उहाले बताउनुभयो ।

तोकिएको दररेट भन्दा अत्यधिक बढी रकम लिएको र भुक्तानी विल नभएकोले कार्वाही प्रक्रिया अधि बढेको शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी चौधरीले जानकारी दिनु भयो ।यता  अनुगमन टोलिलाई अवरोध गरी अभद्र ब्यवहार गरेको हस्पिटल दुई कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई  आग्रह  गरेको छ । आफुलाई हस्पिटलको डाक्टर बताउने रोशनी नेपाली र ज्योति नेपालीलाई पक्राउ गर्न प्रहरीलाई आग्रह गरिएकोछ शिवराज नगरपालिकाले जनाएको छ ।

प्रकाशित : २ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६