काठमाडौं,०४ वैशाख। लामो समयदेखि अन्यौलमा रहेको कोरोना बीमा भुक्तानी प्रक्रिया अझै सुरु हुनसकेको छैन । अर्थ मन्त्रालयबाट कोरोना बीमा बापतको रकम निकासा नहुँदा बीमितलाई बीमा बापतको रकम भुक्तानी गर्न नसकिएको बीमा समितिका प्रवक्ता निर्मल अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सरकारले रकम भुक्तानी गर्नुपर्ने रकम साढे १० अर्बको हाराहारीमा छ । प्रिमियमबाट उठेको साढे तीन…