ललितपुर, ०३ चैत्र । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा आज शुक्रवार उहाँले देशको अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । बैंकको ब्याज दरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै…