रुपन्देही २ चैत्र । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको अप्रेसनका क्रममा बुधबार बिहान मृत्यु भएको हो । अस्पतालका डाक्टरको लापरवाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानवीन, दोषीलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्…