काठमाडौं, १८ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीले नेपालको प्रतिनिधिसभाले एमसीसी सम्झौता पारित गरेपछि कार्यक्रम कार्यान्वयनको बाटो खुलेको बताएको छ । एमसीसीको मुख्यालयले मंगलबार राति जारी गरेको विज्ञप्तिमा एमसीसी सम्झौता अनुमोदनले यस अन्तर्गतका परियोजनाको काम अघि बढाउन बाटो खुलेको उल्लेख गरिएको छ । एमसीसी सम्झौता अनुमोदनपछि नेपाल सरकारसँग सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशका…