काठमाडौँ ५ माघ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतका अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्यलाई एकताबद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ भेलाको आयोजना गरेको जनाएको छ ।…