प्रदेश

मुख्यमन्त्री छदै शुभसाइत रोजे राइले, उमेरको अन्तर उच्च



विराटनगर ५ माघ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  आफ्ना विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको वखत त्यसको छिनोफानो हुनु पूर्व नै बैवाहिक जिवनमा वाधिने साइत जुराएका छन् । यदि मुख्यमन्त्रीवाट हट्नै पर्ने परिस्थिती श्रृजना भएपनि विवाह गरेर जिवन सहज तुल्याउने तर्फ उनी कस्सीएका हुन् । विवरण अनुसार आफूभन्दा २८ वर्ष कम उमेरकी युवतीसँग विवाह गर्ने भएका छन्।  ५० वर्षीय राईले संखुवासभाकी २२ वर्षीया ज्याङमु शेर्पासँग विवाह गर्न लागेका हुन्।

    राईको माघ ११ गते काठमाडौंमा विवाह हुने उनको  सचिवालयले जनाएको छ। मिस मंगोल०१८ को ताज विजेता शेर्पासँग हुने विवाहमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यहरू मात्र सहभागी हुनेछन्।किशोर उमेरदेखि नै राजनीतिमा सक्रिय राईले मोडलसँग विवाह गर्न लागेका हुन्। राईले मुख्यमन्त्री भएपछि मात्रै विवाह गर्ने प्रतिबद्धता जनाएका थिए। पछिल्लो समयमा उनले  प्रदेश १ को नामकरणपछि मात्र विवाह गर्ने बताएका थिए।

    

प्रकाशित : ५ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६