काठमाण्डौ, २१ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विकृति र विसङ्गति नहोस् भन्नका लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । आज बुधवार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाण्डौ आएका प्रतिनिधिसँगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले पश्चिममा छाउपडीको समस्याले विभिन्न घटना निम्त्याइरहेको भन्दै त्यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ…