कपिलवस्तु, १९ पुष । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. २ स्थित उचिडिहवामा थारु (घरबास) होमस्टे आजदेखि सञ्चालनमा आएको छ । घरबासबाट थारु खानपिन, कला–संस्कृति, भेषभूषाको संरक्षण एवं सम्वद्र्धन र प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । सो होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माणका लागि रु. १० लाख अनुदान दिएको छ…