काठमाडौं १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।सहिद दिवस २०७८ को अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले सहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर…