काठमाण्डौ, ०१ पुस । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । आज बिहीवार भएको मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गर्नुभएको हो । परिणाम कांग्रेसको निर्वाचन समितिले घोषणागर्न बाँकी रहेको छ…