काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनका लागि आज (सोमबार) भएको मतदानमा एक हजार छ सय मत खसेको छ । मध्यान्ह १२ बजेदेखि शुरु भएको मतदानमा दिउँसो ३ः३० बजेसम्म १६ सय मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगनाथ श्रेष्ठले जानकारी दिएका छन् । १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।कांग्रेसले मतदान गर्नका…