बुटवल १८ भदौ । रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी ती महिलाको बुधबार साँझ नै जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना पुष्टि भएपछि महिलालाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो…