स्याङ्जा, ३० असोज । स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिबार सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका २ जिरो किलोमिटर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अर्जुन बिकले जानकारी दिनुभयो । उहाँका अनुसार जीपमा ६ जना सवार…