अन्तर्राष्ट्रिय

कपिलवस्तुको पहलमा दुई देशबीच नौगढमा सुरक्षा बैठक, एक दर्जन विषयमा के के भए सहमति?



कपिलवस्तु २९ असोज । कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेले भारतबाट आउने यात्रूलाई सिमानामा सहज वातावरण वनाईदिन भारतीय समकक्षीलाई आग्रह गर्नुभएको छ। कपिलवस्तु र सिमावर्ती जिल्ला सिद्धार्थनगरको नौगढमा हिजो भएको सुरक्षा समन्वय बैठकमा यस्तो भएको हो ।                                       बैठकमा कपिलवस्तुका प्रजिअ चक्र पाणी पाण्डे  प्रहरी  उपरीक्षक दानवहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनु.का.का प्रमुखको उपस्थिती थियो। यस्त भारतको सिद्धार्थनगर जिल्लाका DM दिपक मीणा, SP यशवीर सिँह, SSB कमाण्डेन्ट अमित सिँह लगायत भारतीय सिमावर्ती प्रहरी इकाइका प्रमुखहरु थिए ।                            दुवै बीचमा  सीमा अपराध नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, अबैध हातहतियारको ओसार पसार नियन्त्रण, मानव बेचबिखन, भारतबाट नेपाल आउने नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रण लगायतका विषयमा  अनौपचारिक छलफल सहित बैठक सम्पन्न भएको कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेले जारी गरेको प्रेस नोटमा उल्लेख छ। 

प्रकाशित : २९ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६