सचेत भएनन् अभिभावक , बिहेवारी बीस वर्षपारी नारामै सिमित ।नेपालगञ्ज, भदौ ६ ‘बिहेवारी बीस वर्षपारी’ नाराको व्यवहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच चुनौती देखिएका छन । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीले वताउनु भयो…