ब्रेकिंग न्युज

संयन्त्र गठन गर्ने नेपालको प्रस्ताव ओलीद्धारा सिधै अस्वीकार



काठमाडौं ५ भदौ ।  नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्न गरेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै इन्कार गरेका छन् ।पार्टीमा सरसल्लाहबिना सरकार सञ्चालन हुँदा समस्या आएकाले त्यसको निराकरणका लागि पार्टी वरिष्ठ नेता नेपालले संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका थिए ।त्यस्तो संयन्त्रको संयोजक बन्ने चाहना पनि नेपालले राखेको बताइन्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै इन्कार गरिदिएको स्रोतले बतायो ।‘नेता माधव नेपालले सरकारको काम–कारबाहीलाई प्रभावकारी बनाउन संयन्त्र गठनको प्रस्ताव गर्नु भए पनि प्रधानमन्त्रीले त्यस्तो संयन्त्रको औचित्यमाथि प्रश्न उज्याउनु भएको छ,’ स्रोतले भन्यो ।

        स्रोतका अनुसार, पार्टी अध्यक्ष आफैं सरकारको नेतृत्वमा रहेको र सरसल्लाहमा मात्रै नियुक्तिलगायतका महत्त्वपूर्ण निर्णय गर्ने सहमति भएपछि थप संयन्त्र किन जरुरी पर्यो भन्ने प्रश्न ओलीले उठाएका छन् ।‘म नै पार्टी अध्यक्ष भएपछि किन संयन्त्र बनाउनु पर्यो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।संयन्त्र बनाउने भए त्यसमा नेपाल मात्र नभएर अध्यक्षद्वयलाई समेट्नु पर्ने मत ओलीको रहेको बताइएको छ ।नेकपाभित्र त्रिपक्षीय शक्तिको भिडन्त रहेको अवस्था थियो । अहिले यो त्रिपक्षीय शक्ति दुई पक्षीय बन्ने संकेत देखिँदैछ । प्रचण्ड र ओली नजिकिएपछि नेकपाभित्रको समीकरण बदलिने देखिएको हो ।

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६