बुटवल २४ पुस । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी नहुने बताउनु भएको छ । आज शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि त्यहाँ पुग्नु भएका मन्त्री आलेले भगवान गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–विदेशमा चिनिएकाले यसका विकासका लागि सबै सकारात्मक रहेकाले…