काठमाण्डौं, २० पुष ।राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि हुन लागेको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदै छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिनुभयो । निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन्…