एजेन्सीकाठमाण्डौ, १० पुष । अमेरिकी अन्तरिक्ष नियोग नासाले निर्माण गरेको संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुने भएको छ । दश बिलियन अमेरिकी डलरको लागतमा निर्माण भएको टेलिस्कोपको क्रिसमस डे को अवसर पारेर आज प्रक्षेपण गर्न लागिएको बीबीसीले जनाएको छ । नासासहित युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले टेलिस्कोप निर्माण गरेका हुन्…